आर्थिक वर्ष ०७५/७६ को श्रावन १ गते देखि सुनिलस्मृति गाउँपालिकमा विधुतिय हाजिरी शुरु
समाचार
ग्यालरी
यहि मिति २०७५।०३।२५ गते सोमबारको दिन प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना अन्तर्गत पकेट सञ्चालनको लागि सुन्तला जात पकेट सञ्चालन समिति तेवाङ लाई गाउँपालिका अध्यक्ष द्वारा ५०% अनुदानमा ६००० संख्यामा विरुवा वितरण गर्नु भएको थियो । उक्त कार्यक्रमा यस सुलिलस्मृति गाउँपालिका अध्यक्ष द्वारा ५००० संख्यामा सुन्तला र १००० संख्यामा कागतीको विरुवाहरु सुन्तला जात पकेट सञ्चालन समिति तेवाङ, रोल्पा लाई हस्तान्तरण गर्नु भएको थियो । साथै सो कार्यक्रममा गाउँपालिकाको कृषि शाखा प्रमुख बासुदेव उपाध्यायले पकेट संचालक समितिका अध्यक्ष भुवनेश्वर के सी लाई विरुवा हस्तान्तरन गर्नुभएको थियो ।
सुनिल स्मृति गाँउपालिका, सुलिचौर, रोल्पाको चौथो गाँउसभा बैठक मिति २०७५।०३।१० मा बस्यो । गाँउसभा २ चरणमा भएको थियो, पहिलो चरण उद्घाटन सत्र र दोस्रो चरण बन्द सत्र, पहिलो उद्घाटन सत्र सम्पन्न भै बैठक वन्दसत्रमा प्रवेश गरेको थियो । उद्घाटन सत्रमा सभाका अध्यक्ष गुणेन्द्र घर्ति ज्यू ले सुनिल स्मृति गाँउपालिकाको आगामी आ. व. ०७५।०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । लगतै बन्द सत्रको प्रथम बैठक बसी सो बैठकमा अध्यक्ष गुणेन्द्र घर्ति ज्यू र अध्यक्ष ज्यू को अनुमतिले गाँउकार्यपलिकाका २ जना सदस्य ज्यू हरुले आगामी आ. व.