FAQs Complain Problems

न्यायीक समितिले उजुरी हेर्न विषय र समाधानको तरिका

सेवा प्रकार:

लाग्ने समय: 
-
जिम्मेवार अधिकारी: 
न्यायिक समिति
सेवा दिने कार्यालय: 
न्यायिक समिति वा समितिले तोकेको मेलमिलापकर्ता/केन्द्र
सेवा शुल्क: 
आवश्यकता अनुसार
आवश्यक कागजातहरु: 
न्यायीक समितिबाट निरुपण, फैसला हुने विषयहरु:
१. आलिधुर, बाँधपैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग ।
२. अर्काको बाली नोक्सानी ।
३. चरन, घाँस, दाउरा ।
४. ज्याला मजदुरीको ।
५. घरपालुवा पशुपंक्षी हराएको वा पाएको ।
६. ज्येष्ठ नागरिक पालन पोषण तथा हेरचाह नगरेको ।
७. नाबालक छोराछोरी वा पति पत्नीलाई आमद अनुसार खान लाउन वा शिक्षा दिक्षा नदिएको ।
८. वार्षिक २५ लाख रुपैया सम्मको घरबहाल ।
९. अन्य व्यक्तिको घर, जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको ।
१०. आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्बजनिक बाटोमा पानि झारेको ।
११. सँधियारको जग्गा तर्फ झ्याल राखी घर बनाउँदा छोड्नुपर्ने जग्गा नछोडेको ।
१२. कुनै सार्बजनिक स्थलको उपयोग नदिएको ।
१३. अन्य कानुन बमोजिमका विषयहरु ।
मेलमिलापको माध्यामबाट मात्र छिनोफानो हुने विषयहरु:
१. सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको
२. सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने जग्गामा घर वा कुनै संरचना बनाएको
३. पति पत्नी बिचको सम्बन्ध बिच्छेद
४. अंगभंग बाहेकको बढीमा १ वर्ष सम्म कैद हुने कुटपिट
५. गाली बेइज्जती
६. लुटपिट
७. अर्को आवासमा अनाधिकृत प्रवेश गरेको 
८. अर्काको हक/भोगमा रहेको जग्गा आवाद/भोगचलन
९. ध्वनी प्रदुषण गरी वा फोहोरमैला फ्याँकी छिमेकीलाई असर पुर्याएको
१०. पशुपंक्षी छाडा छाडेको वा राख्दा वा पाल्दा लापरबाही गरी अरुलाई असर परेको
११. प्रचलित कानुन बमोजिम मेलमिलाप हुनसक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र १ वर्षसम्म कैद हुनसक्ने फौजदारी विवाद