FAQs Complain Problems

समाचार

गाउँपालिका परिचय

संघिय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य नेपालको ७ वटा प्रदेश मध्ये भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतीक विविधतायुक्त लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रोल्पा जिल्लाको १० वटा स्थानिय तह (१ नगरपालिका, ९ गाउँपालिका) मध्ये पुर्बी रोल्पाको ब्यापारिक नाका समेत रहेको छ यस सुनिल स्मृति गाउँपालिका । यस गाउँपालिकाको पुर्वमा लुङ्री गाउँपालिका र प्युठान जिल्लाको प्युठान नगरपालिका, पश्चिममा रोल्पा नगरपालिका र रुन्टिगढी गाउँपालिका, उत्तरमा सुनछहरी र रोल्पा नगरपालिका र दक्षिणमा प्युठान जिल्ला रहेको छ । साविकका ६ वटा गा वि स समेटी ८ वटा वडामा विभक्त यस गाउँपालिकामा कृषि, पशुपालन, जलविधुत, औधोगिक विकास साथै रयाफ्टिङ, होमस्टे, धार्मिक र युद्ध पर्यटन लगायत पर्यटकिय विकासका प्रशस्त संभावना रहेको छन् । यस गाउँपालिकाको जनसँख्या ३०६१७ (२०७८ को जनगणना अनुसार) रहेको छ ।

सुनिलस्मृति गाउँपालिकाको घरधुरी संख्या तथा जनसंख्या                                                         

वडा नं घरधुरी संख्या महिला  पुरुष  जम्मा 
वडा नं १ ८५६ १९४५ १३९८ ३३४३
वडा नं २ ९९३ २२७९ १७०८ ३९८७
वडा नं ३ ९६६ २१४७ १९०४ ४०५१
वडा नं ४ १०८५ २२९७ २०२६ ४३२३
वडा नं ५ ६८२ १६९९ १६०७ ३३०६
वडा नं ६ ७२७ १५७७ ११५७ २७३४
वडा नं ७ ८०३ २१८० २१३७ ४३१७
वडा नं ८ ८९७ २३९८ २१८८ ४५५६
जम्मा ७००९ १६५२२ १४०९५ ३०६१७