नेपालको संविधान २०७२ लागू भए सँगै स्थानीय तहहरु निर्माण गर्ने क्रममा नेपाल सरकारकै मिति२०७३ फागुन २२ गतेको निर्णय तथा फागुन २७ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसाररोल्पा जिल्लाका १० स्थानीय तहमध्ये एक पर्दछ।वि.स २०७३ सालमा सुवर्णावती गाउँपालिकाको नाममा स्थापना भएको यस गाउँपालिका स्थानीय सरकारको निर्माण पश्चात तत्कालीन सुवर्णावती गाउँपालिकाको दोस्रो गाउँसभाले यसै गाउँपालिकाका वडा नं ५ गजुलका शहिद किम बहादुर थापा(सुनिल)को सम्झना एवं सम्मानमा सुनिलस्मृति गाउँपालिका नामाकरण गरेको थियो ।पूर्वी रोल्पाको प्रवेशद्धारको रुपमा रहेकोयस गाउँपालिका साविकको घोडागाउँ ,खुङग्री, मिझिङ,गजुल,तेवाङ,अरेश र फगाम गा.वि.सको १ नम्बर वडा मिलेर बनेको छ। नयाँ संरचना अनुसार यस गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन ।
सुनिलस्मृति गाउँपालिका भौगोलिक हिसाबले ८२ ३६,५४” देखि ८२ ४७ ५६.४ पूर्वी देशान्तर र २८ १० ४०.८ देखि २८ २२३७.२ उत्तरी अक्षांशसम्म फैलिएर रहेको छ।समुन्द्री सतहवाट ६५० मिटरदेखि २९४७ मिटरको रचाइमा रहेको यस गाउँपालिका १५७.९१ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको छ । सुनिलस्मृति गाउँपालिकाको पूर्वमा सुनछहरी गाउँपालिका र लुङ्ग्री गाउँपालिका,पश्चिममा रोल्पा नगरपालिका र रुन्टीगढी गाउँपालिका,उत्तरमा सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिका र दक्षिणमा प्युठान जिल्ला पर्दछ ।